गृहपृष्ठ गोरु काटेको अभियोगमा ४ जना पक्राउ

गोरु काटेको अभियोगमा ४ जना पक्राउ

अर्जुनचौपारी गाँउपालिका- ४, दमै चौताराबाट गोरु काटेर खाएको अभियोगमा ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय दीपक नेपाली, २६ वर्षीय शिव नेपाली, २३ वर्षीय खेम परियार र ३४ वर्षीय प्रेम नेपाली रहेका छन् ।

उक्त ठाउँमा जिउँदो गोरु काटेको भन्ने खबर सोमबार प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनीहरूलाई गोरुको मासुसहित फेला पारी पक्राउ गरको हो ।

जिल्ला अदालतबाट २५ दिनको म्याद थप भई उनीहरू उपर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रकाशित समय १९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु