गृहपृष्ठ विद्यार्थीका लागि सबैथोक एकै ठाऊ, घरैमा बसेर
विद्यार्थीका लागि सबैथोक एकै ठाऊ, घरैमा बसेर
विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड- १९) महामारीले गर्दा हरेक क्षेत्रको जनजीवन प्रभावित बनेको बेला शैक्षिक क्षेत्र पनि अछुतो रहन सकेको छैन । यति मात्र होइन विद्यार्थीहरुको पठनपाठन झण्डै तहस-नहस हुन लागेको छ । विभिन्न अनलाइन माध्यम र तिनीहरुको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभावले सबैको दैनिकी नै भिन्न प्रायः भइसकेको छ ।
गत चैत्र ११ देखि चार महिनासम्म लागू भएको लकडाउनका र त्यसपछि भेला र मेलाजस्ता सामूहिक कार्यमाथि जारी निषेधाज्ञाका कारण विगतका वर्षहरुमा झै यस वर्षको वैशाख जेष्ठ महिनाहरुमा लाग्ने गरेको कुनै पनि शैक्षिक मेलाहरु यसपाली हुन पाएनन् । एसईई परीक्षाको नतिजा प्रकाशित भएपछि कैयन शैक्षिक संस्थाका सञ्चालकहरुमा वर्षभरिको आय र खर्चको व्यवस्था कसरी गर्ने हो भन्ने अन्योलता छाएको छ । यस्तै चुनौतीलाई सामना गर्ने माध्यमका रुपमा नेपालमा पनि www.gotosams.com को सुरुआत भएको छ ।
यस अनलाइन पोर्टलका माध्यमबाट एसईई र सोभन्दा माथिल्लो तहको परीक्षा उत्तीर्ण भएका विद्यार्थीहरुले आफूले अध्ययन गर्न चाहेको विषय, शैक्षिक संस्था वा भौगोलिक क्षेत्रको इच्छा अनुसारको सूचना लिनुका साथै भर्ना आवेदन र त्यस पछिका प्रक्रियाका साथै उपलब्ध छात्रवृत्ति, रोजगारीका अवसर र शैक्षिक संस्थाहरुद्धारा आयोजना गरिने विभिन्न प्राज्ञिक तथा अतिरिक्त क्रियाकलापसम्बन्धी जानकारी लिन सक्नेछन् ।
बाहिर हिँडडुलमा लागेको प्रतिबन्ध तथा सावधानी अपनाउनु पर्ने भएकाले धेरै विद्यार्थीहरुले घरमै बसेर यस पोर्टलका माध्यमबाट एकै आवेदन फारममार्फत धेरै संस्थाहरुमा आवेदन दिन सक्नेछन् ।अर्कोतर्फ www.gotosams.com अनलाइन पोर्टलको माध्यमबाट शैक्षिक संस्थाहरुले आफ्नो व्यवसायको समयोचित मूल्यांकन र उचित प्रबन्ध गर्न सक्नेछन् । आवद्ध शैक्षिक संस्थाहरुले आफ्नो संस्थामा के कति विद्यार्थीहरुले रुचि देखाएका छन् भन्ने थाहा पाउनुका साथै तिनीहरुको अवस्था तथा प्राप्तांकअनुसार आफूले उपलब्ध गराउन सक्ने सेवा सुविधाबारे व्यक्तिगत रुपमा नै अन्तर्क्रिया गर्न सकिन्छ ।
यसका अतिरिक्त शैक्षिक संस्थाहरुले गर्ने विभिन्न प्राज्ञिक तथा अतिरिक्त क्रियाकलापसम्बन्धी जानकारी एकैपटक धेरै जनालाई दिन सक्नेछन् । यसका लागि शैक्षिक संस्थाहरुले www.gotosams.com अनलाइन पोर्टलमा गई आफ्नो संस्थासम्बन्धी जानकारीलाई भेरिफाई गर्नुपर्ने हुन्छ । यसरी यस अनलाइन पोर्टलको माध्यमबाट विद्यार्थीका लागि सबैथोक एकै ठाऊ, घरैमा बसेर गर्न सकिने भएको छ ।
प्रकाशित समय १३:४५ बजे

















