गृहपृष्ठ म्युजिक भिडियोमा झण्डा जलाउने मुख्य अभियुक्त ग्याल्जोम दोर्जेसहित ९ जना पक्राउ

म्युजिक भिडियोमा झण्डा जलाउने मुख्य अभियुक्त ग्याल्जोम दोर्जेसहित ९ जना पक्राउ

म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाउने घटनाका मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङ्सहित ९ जना पक्राउ परेका छन् ।

म्युजिक भिडियोमा झण्डा जलाएकोसहित गीतका शब्दमा साम्प्रदायिकता माथि नै खलल पुग्ने गरी गीत निर्माण गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍युरो सीआईबीको टोलीले गायक तामाङसहितलाई कीर्तिपुरबाट पक्राउ गरेको हो ।

म्युजिक भिडियो गत भदौ १ गते युट्युबमा अपलोड गरिएको थियो । म्युजिक भिडियोको करिब ४० सेकेन्डदेखि नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य आउँछ ।

प्रकाशित समय १४:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु