गृहपृष्ठ कोरोना संक्रमितको संख्या दुई करोड २८ लाख नाघ्यो, एक करोड ५५ लाख डिस्चार्ज

कोरोना संक्रमितको संख्या दुई करोड २८ लाख नाघ्यो, एक करोड ५५ लाख डिस्चार्ज

ज्यान गुमाउनेको संख्या पनि सात लाख ९७ हजार पुग्यो, ६१ हजार ८५१ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड २८ लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै दुई लाख ७८ हजार जनामा संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या दुई करोड २८ लाख ६१ हजार ६८८ पुगेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि सात लाख ९७ हजार पुगेको छ । गएको २४ घण्टामा मात्रै करिब ७ हजार जनाको ज्यान गएपछि मृतकको संख्या सात लाख ९७ हजार १०५ पुगेको हो । त्यस्तै एक करोड ५ लाख संक्रमित डिस्चार्ज भएका छन् ।

कुल संक्रमितमध्ये ६५ लाख ४७ हजार ८४६ जनाको उपचार भइरहेको छ भने ६१ हजार ८५१ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सबैभन्दा बढी संक्रमित भएको अमेरिकामा ५७ लाख ४६ हजार संक्रमित पुगेका छन् । गएको २४ घण्टामा मात्रै ४५ हजार ३४१ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ५७ लाख ४६ हजार २७२ पुगेको छ ।

अहिलेसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या एक लाख ७७ हजार नाघेको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ । विभागका अनुसार बिहीबार मात्रै एक हजार ९० जनाले ज्यान गुमाएका छन् । त्यस्तै ३० लाख ९५ हजारको सफल उपचार भएको छ भने २४ लाख ७३ हजारको उपचार भइरहेको छ ।

ब्राजिलमा पनि कोरोना संक्रमितको संख्या ३५ लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै ४४ हजार ६८४ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ३५ लाख पाँच हजार ९७ पुगेको हो । त्यस्तै ज्यान गुमाउनेको संख्या एक लाख १२ हजार ४२३ पुगेको छ । पछिल्लो एकै दिनमा मात्रै ब्राजिलमा एक हजार २३४ जनाले ज्यान गुमाएका थिए ।

भारतमा कोरोना संक्रमितको संख्या २९ लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै करिब ७० हजारको संख्यामा संक्रमित थपिएपछि संक्रमितको संख्या २९ लाख चार हजार पुगेको हो । त्यस्तै ज्यान गुमाउनेको संख्या पनि ५४ हजार ९७५ पुगेको छ । बिहीबार मात्रै ९८१ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित समय १०:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु