गृहपृष्ठ विश्वभर कोरोनाबाट करिब एक करोड ६० लाख डिस्चार्ज, ६६ लाख ६४ हजारको उपचार हुँदै

विश्वभर कोरोनाबाट करिब एक करोड ६० लाख डिस्चार्ज, ६६ लाख ६४ हजारको उपचार हुँदै

संक्रमितको संख्या दुई करोड ३३ लाख ८२ हजार नाघ्यो, ज्यान गुमाउनेको संख्या ८ लाख ८ हजार पुग्यो

विश्वभर कोरोना भाइरसबाट डिस्चार्ज हुनेको संख्या एक करोड ६० लाखको हाराहारीमा पुगेको छ । गएको २४ घण्टामा मात्रै साढे ८ हजार जना संक्रमित डिस्चार्ज भएपछि संक्रमणमुक्त हुनेको संख्या एक करोड ५९ लाख आठ हजार ५२४ पुगेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ३३ लाख ८२ हजार नाघेको छ । शनिवार मात्रै दुई लाख ७२ हजार नयाँ संक्रमित थपिएका छन् । त्यस्तै अहिलेसम्म ज्यान गुमाउनेको संख्या आठ लाख आठ हजार नाघेको छ ।

कुल संक्रमितमध्ये ६६ लाख ६४ हजार ८५३ जनाको उपचार भइरहेको छ भने ६१ हजार ७१५ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ । सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा ५८ लाख ८२ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै अमेरिकामा ४३ हजार ८२९ जनामा संक्रमण देखिएको थियो ।

अमेरिकी स्वास्थ्य विभागका अनुसार अहिलेसम्म एक लाख १४ हजार २७७ जनाको ज्यान गएको छ । शनिबार मात्रै ९७४ जनाले ज्यान गुमाएका हुन् । त्यस्तै ३१ लाख ४८ हजारको उपचार भइसकेको छ भने २५ लाख १३ हजारको उपचार भइरहेको छ ।

प्रकाशित समय १०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु