गृहपृष्ठ ल्याटिन अमेरिकी बजार विस्तारका लागि ओपो र अमेरिका मोभिलबीच साझेदारी

ल्याटिन अमेरिकी बजार विस्तारका लागि ओपो र अमेरिका मोभिलबीच साझेदारी

ओपो र अमेरिका मोभिल (ल्याटिन अमेरिकाको सर्वाधिक ठूलो दूरसञ्चार अपरेटर)ले रणनीतिक सहकार्य सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै अब मेक्सिकन र ल्याटिन अमेरिकी बजारमा ओपो स्मार्टफोन्स अमेरिका मोभिलको सो क्षेत्रका लागि सहायक कम्पनी टेलसेल र क्लारोमार्फत उपलब्ध हुनेछन् । ल्याटिन अमेरिका साथै विश्व बजार विस्तारका लागि यसले ओपोको ठूलो सफलताको प्रतिनिधित्व गर्ने जनाइएको छ ।

‘अमेरिका मोभिलसँग रणनीतिक साझेदारीमार्फत स्थानीय उपभोक्तालाई अझ सुदृढ सञ्चार अनुभव प्रदान गर्न पाउनु गौरवको विषय हो । यो साझेदारीले ओपोलाई ल्याटिन अमेरिकाको मेनस्ट्रिम बजार प्रवेशका लागि सहजता प्रदान गरेको छ,’ ओपोका उपाध्यक्ष तथा ग्लोबल सेल्सका अध्यक्ष एलेन वुले भने ।

अमेरिका मोभिल उद्योगकै अग्रणी बहुराष्ट्रिय नेटवर्क अपरेटर हो । अमेरिका मोभिल र ओपोबीचको सहकार्यले नवप्रवर्तनात्मक उत्पादन तथा सेवाहरु ल्याटिन बजारमा भित्रिनुका साथै प्रयोगकर्तालाई उत्कृष्ट अनुभवका साथै भविष्यका थप नजिक आएको अनुभव प्रदान हुने विश्वास लिइएको टेलसेल मार्केटिङका उपनिर्देशक मार्कोस लिनेर्सले बताए ।

हालसम्म ओपोले विश्वभरका ८० भन्दा बढी नेटवर्क अपरेटर्ससँग पार्टनरसिप स्थापित गरिसकेको छ । सन् २०२० देखि ओपो र नेटवर्क अपरेटर्सका बीच स्थापित विभिन्न पार्टनरसिपका शृंखलाले युरोप र जापान जस्ता म्याच्योर्ड बजारमा महत्वपूर्ण उपलब्धि हात पार्न सघाएको छ । आगामी एक(दुई वर्षमा ओपोले युरोप, एसिया प्यासेफिक र ल्याटिन अमेरिकालगायत क्षेत्रका अझ बढी उपभोक्तासम्म पुग्न पार्टनरसिप स्थापनाको लक्ष्य राखेको छ ।

प्रकाशित समय १७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु