गृहपृष्ठ होम आइसोलेसनमा बसेकी वृद्धाको मृत्यु

होम आइसोलेसनमा बसेकी वृद्धाको मृत्यु

जिल्लामा होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित वृद्धाको आज बिहान मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ की ८५ वर्षीया वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए । उनको आज बिहान ६ बजे मृत्यु भएको हो ।

दीर्घ रोगी उनको भदौ ११ गते नमूना संकलन गरिएको थियो । भदौ १५ कोरोना संक्रमण पुष्टि भएपछि उहाँ होम आइसोलेसनमा बसिरहेका थिए । यसअघि खैरहनी नगरपालिकामा १०८ वर्षीया वृद्धाको घरमै मृत्यु भएपछि कोरोना पुष्टि भएको थियो ।

यससँगै जिल्लाका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । बाहिरी जिल्लाका सहित यहाँ उपचारका क्रममा मृत्यु हुनेको संख्या भने २७ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । (रासस)

प्रकाशित समय ११:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु