गृहपृष्ठ पेट्रोलियम पदार्थमा मिसावट गरेको अभियोगमा दुई जना ट्यांकर चालक पक्राउ

पेट्रोलियम पदार्थमा मिसावट गरेको अभियोगमा दुई जना ट्यांकर चालक पक्राउ

पेट्रोलियम पदार्थमा मिसावट गरेको अभियोगमा २ जना ट्यांकर चालकलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ना ७ ख ३९२३ नम्बरको ट्यांककरका चालक जितपुरसिमरा उपमहानगरपालिका २१ बस्ने २६ वर्षीय राजेश विश्वकर्मा र ना ७ ख ४०९३ नम्बरको ट्यांकरका चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका ११ नवलपुर बस्ने २९ वर्षीय सन्तोष खड्का रहेका छ्न् ।

अमलेखगंज डिपोमा निगमको करारनामामा रहेका उक्त ट्यांकरमा इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल लोड गरी आउने क्रममा उनीहरुले पेट्रोलियम पदार्थ पेट्रोलमा मिसावट गरी २ नम्बर प्रादेशिक कार्यालय अमलेखगंजमा खाली गर्नु पूर्व जाँच गर्दा मिसावट रहेको पाइएपश्चात उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु उपर कालो बजार तथा अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गत जिल्ला प्रशासन कार्यालय बाराबाट १० दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । (रासस)

प्रकाशित समय ०६:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु