गृहपृष्ठ थप १२४६ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै ६१८ थपिए
थप १२४६ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै ६१८ थपिए
बिहीबार थप एक हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ७७३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनाबाट थप एक हजार २४३ जना कोरोनामुक्त भई घर फर्केका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ ।
त्यस्तै आज ४ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या ३८३ पुगेको छ । काठमाडौं उपत्यमा मात्रै ६१८ जना संक्रमित थपिएका छन् ।
प्रकाशित समय १६:४२ बजे

















