गृहपृष्ठ हुम्लामा खच्चरद्वारा ढुवानी : दैनिक १५ हजार केजीसम्म सामान ओसारपसार

हुम्लामा खच्चरद्वारा ढुवानी : दैनिक १५ हजार केजीसम्म सामान ओसारपसार

हुम्लामा चार हजारभन्दा अग्लो हिमालको बाटोबाट दैनिक सयौं खच्चर ओहोरदोहोर गर्छन् । जसअनुसार हुम्लामा दैनिक ६ हजार केजी सामान भित्रिने गरेको छ ।

हुम्ला र मुगु जिल्लाको बिचमा पर्ने चंखेली कुनै समय बाटो हिंड्नका लागि गाह्रोपर्ने हुँदा समूहमा मात्रै यात्रा गर्नुपर्थ्यो । पछिल्लो समयमा भने बाटोमा एक्लै हिंड्नका लागि त्यति असहज हुँदैन ।
मुगु जिल्लाको सदरमुकाम गमगढीसम्म मोटर पुगेकाले हुम्लाको तीन गाउँपालिकाको करिब एक सयभन्दा धेरै गाउँहरुमा विभिन्न प्रकारका आभारभूत आवश्यकताका सामाग्रीहरुका साथै विकास निर्माणका सामानहरु ढुवानी र व्यापार हुने गरेको चंखेली गाउँपालिका ऐडीबाडाका नरवीर बुढाले बताए ।

यो क्षेत्रमा सामानहरु ढुवानी र व्यापार गर्नका लागि हुम्लामा करिब तीन सय खच्चरहरु किनिएका छन् । यसका लागि ३ करोडभन्दा धेरै लगानी खच्चर व्यवसायमा गरिएको स्थानीयले बताएका छन् । सच्चर व्यवसायबाट एकभन्दा बढीले रोजगारसमेत पाएका छन् । दैनिक ६ हजारदेखि १५ हजार केजीसम्म सामान आउने जाने गरेको खप्चर व्यवसायी बताउँछन् ।

खार्पुनाथ गाउँपालिकाको सुनखाडादेखि मुगु जिल्लाको भट्टेचौरसम्म करिब ८ दर्जन होटलहरुको आयव्यय खच्चर व्यवसायले धानेको छ । प्रत्येक होटलमा दैनिक एक हजारदेखि १० हजारसम्म व्यापार हुने गरेको चंखेली गाउँपालिका १ जाच्चेका एक होटल व्यवसायी बताउँछन् । उनका अनुसार ढुवानीको प्रतिकेजी एक खच्चरले ७ रुपैंयादेखि ११ रुपैंयासम्म ढुवानी भाडापर्ने मुगु दर्क्याका खच्चर व्यवसायी बासुदेव बडुवालले बताए ।

अहिले बडुवाल स्नातक पढेर स्वरोजगारीमा लागेका छन् । उनले खच्चरका लागि करीब ४ लाख लगानी गरेर मासिक ६० हजारदेखि २ लाखसम्म कमाउँछन् । उनको मासिक ६० हजार बचत हुने गर्दछ । वर्षको दुई मौसम वैशाखदेखि असारसम्म र कात्तिकदेखि फागुनसम्म राम्रो कारोबार हुने उनी बताउँछन् ।

यो व्यवसायले एकातिर हुम्लाका गाउँहरुमा सस्तोमा सामान पुगेको छ भने अर्कातिर खेर गएको घाँस र स्याउलासोतरले आम्दानी दिनुका साथै दाना तथा होटलबाट पनि राम्रो आम्दानी हुने चंखेली गोगीमायाका होटले प्रेमबहादुर शाहीले बताए ।

प्रकाशित समय ०९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु