गृहपृष्ठ विश्वभर कोरोनाबाट साढे ९ लाख संक्रमितको मृत्यु

विश्वभर कोरोनाबाट साढे ९ लाख संक्रमितको मृत्यु

कोरोना संक्रमितको संख्या तीन करोड तीन लाख नाघ्यो, २ करोड २० लाख ३८ हजार संक्रमित डिस्चार्ज,

फाइल तस्बिर ।

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ लाख ५० हजार ५५५ पुगेको छ । बितेका २४ घण्टामा मात्रै कोरोना भाइरसबाट ५ हजार ५७९ जनाले ज्यान गुुमाएका छन् ।

कोरोनालाई जितेर घर फर्कनेको संख्या पनि २ करोड २० लाख ३८ हजार ५८८ पुगेको छ । हाल विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड तीन लाख ४९ हजार ५९१ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सबैभन्दा बढी कोरोना फैलिएको अमेरिकामा हालसम्म दुई लाख दुई हजार २१३ जनाको ज्यान गुमाएका छन् भने संक्रमितको संख्या ६८ लाख ७४ हजार ५९६ रहेको छ । अमेरिकामा बितेका २४ घण्टामा मात्रै कोरोना भाइरसबाट ८७९ को ज्यान गएको छ ।

सबैभन्दा बढी कोरोना भाइरस फैलिएको दोस्रो देश भारतमा ८४ हजार ४०४ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या ५२ लाख १२ हजार ६८६ पुगेको भारतीय स्वास्थ्य विभागले जनाएको छ । बितेका २४ घण्टामा भारतमा थप एक हजार १७४ जनाले ज्यान गुमाएका छन् ।

ब्राजिलमा हालसम्म एक लाख ३५ हजार ३१ को मृत्यु भएको छ भने ४४ लाख ५७ हजार ४४३ संक्रमित छन् । विश्वभर सक्रिय संक्रमितको संख्या ७३ लाख ६० हजार ४४८ रहेको छ । त्यस्तै ६१ हजा १२९ जनाको अवस्था चिन्ताजनक रहेको विश्व स्वास्थ्य संगठनले जनाएका छन् ।

प्रकाशित समय १०:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु