गृहपृष्ठ इजी ट्याक्सी नेपाल एपमार्फत दशैंमा घरजानका लागि ट्याक्सी बुकिङ खुला
इजी ट्याक्सी नेपाल एपमार्फत दशैंमा घरजानका लागि ट्याक्सी बुकिङ खुला
कोरोना भाइरसको महामारीका बीचमा देशभर सार्वजनिक यातायात र लामो दुरीमा सञ्चालन हुने यातायातका साधन सञ्चालनमा समस्या भइरहेको विषयलाई ध्यानमा राखेर इजी ट्याक्सी नेपाल एपले दशैंमा घर जाने व्यक्ति तथा परिवारहरुका लागि ट्याक्सी सेवा सञ्चालनमा ल्याएको छ ।
विगत लामो समयदेखि उपत्यकाका ट्याक्सी व्यवसायीलाई व्यवस्थित, मर्यादित तथा सुरक्षित
तरिकाले सञ्चालन गर्नको लागि काम गरिरहेको छ । इजी ट्याक्सीको चाडवाड अफर, ट्याक्सी चढी दशैंमा गाउँघर नारासहित इजी ट्याक्सी नेपाल एपले ट्याक्सीमार्फत् घरजाने सुविधासहितको बुकिङ खुला गरेको हो । एपमार्फत् नै यात्रुले आफूले चाहेअनुसार ट्याक्सी रिजर्भ तथा बुक गर्न सक्नेछन् ।
अहिलेको विषय परिस्थितिमा इजी ट्याक्सी नेपालले दशैंमा घरजाने नेपाली दाजुभाई दिदीबहिनीहरुलाई सुरक्षित रुपमा यात्रा गराउने उद्देश्यले इजी ट्याक्सी नेपाल एपमार्फत बुकिङ खुला गरेको छ । जसअन्तर्गत इजी ट्याक्सी नेपाल एप डाउनलोड गरी काठमाडौंबाट कुन स्थानसम्म जाने र कुन दिन जाने भन्ने सुनिश्चित गरी यात्रा अग्रिम बुकिङ गरी दर्ता गर्न सकिनेछ ।
कम्पनीले नेपालमा नै पहिलो पटक इजी ट्याक्सी नेपाल एपमार्फत् ट्याक्सी बुकिङ गर्न सकिने सुविधा ल्याएको इजी ट्याक्सी नेपाल एपका अध्यक्ष संजीत पौडेलले बताए । कोभिड १९ ले गर्दा मानिसहरु सुरक्षित यात्रा गर्ने माध्यम खोजिरहेका छन् । ‘हामीले ट्याक्सीमार्फत् सहजरुपमा सुरक्षित र स्वस्थ्यरुपमा दशैंमा मानिसहरु घर जान सकुन् भनेर यो नयाँ सेवा सुुरु गरेका हौं । यसले भरपर्दो र सुरक्षित यात्रा गराउन हामी कटिबद्ध छौं ।’ अध्यक्ष पौडेलले भने ।
यसको लागि इजी ट्याक्सी नेपाल एपमा गएर यात्रुले आफ्नो सम्पूर्ण यात्राको विवरण भरेर दर्ता गर्नुपर्नेछ भने सो दर्ताको आधारमा यात्रुको मोबाइल नम्बरमा म्यासेज प्राप्त हुनेछ । सो म्यासेज प्राप्त भएसँगै कम्पनीले यात्रुसँग व्यक्तिगतरुपमा बुकिङ सुनिश्चित गर्नेछ ।
इजी ट्याक्सी नेपाल एपमार्फत यात्राको कति शुल्क लाग्ने र कुन स्थानसम्म जाने भनेर छनौट गर्न सकिनेछ भने यात्रुले ट्याक्सी बुक भए नभएको जानकारी र ट्याक्सी नम्बरको बारेमा समेत ट्र्याक गर्न सकिने सुविधा रहेको छ ।
इजी ट्याक्सी नेपाल एपमा आबद्ध भएका ट्याक्सी चालकहरुलाई कम्पनीले यसअघि नै कोरोना बिमासमेत गरिसकेको छ भने सुरक्षित यात्रा गराउन स्यानिटाइजर, मास्क र पञ्जाको समेत व्यवस्था मिलाएको छ । यसका साथै इजी ट्याक्सी नेपाल एपमार्फत यात्रा गर्ने ट्याक्सीका यात्रुहरुको बिमासमेत गरिएको छ ।
इजी ट्याक्सी नेपाल एपमार्फत् यात्रुहरुले सरकारी दररेटमा नै घरसम्म ट्याक्सी बुकिङ गर्न र आरामदायी यात्रा गर्न सक्नेछन् । त्यसैले आजै बुकिङ गरि सुरक्षित र भरपर्दो यात्राको लागि ढुक्क हुनुहोस् । इजी ट्याक्सी नेपाल एपमा हाल देशभरका ५ हजारभन्दा बढी ट्याक्सीहरु सञ्चालनमा रहेका छन् । यसका साथसाथै यस सेवालाई डिजिटल प्रविधिमा लानका लागि माछापुच्छ्रे बैंकसँग सेटलमेन्ट बैंक पार्टनरको सम्झौतासमेत गरिसकेको छ ।
सेवाग्राहीहरुले हाल आफ्नो मोबाइलमा रहेको पुरानो एप अपडेट गरेर यो सुबिधा लिन सक्नेछन साथै अन्य सेवाग्राहीले भने एप डाउनलोड गर्नुपर्ने बताइएको छ ।
प्रकाशित समय ०९:३३ बजे

















