गृहपृष्ठ स्याङ्जामा पहिरो : एकको मृत्यु, ९ जना वेपत्ता
स्याङ्जामा पहिरो : एकको मृत्यु, ९ जना वेपत्ता
सांकेतिक तस्बिर
स्याङ्जामा पहिरो जाँदा एक जनाको ज्यान गएको छ भने ९ जना वेपत्ता भएका छन् । जिल्लाको वालिङ नगरपालिका १४ स्थित माया परियारको घर पुरिँदा ९ जना घरभित्रै पुरिएको स्थानीय सञ्चार संस्थाले जनाएका छन् ।
बिहीबार बिहान घरमाथिबाट पहिरो जाँदा १० जनाको परिवार रहेकोमा एक जना जिवितै उद्धार गरिएको स्थानीयले जनाएका छन् । घरमाथिबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाई भएको बताइएको छ ।
प्रहरी र स्थानीय मिलेर उद्धार गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । यसैबीच तीन दिनदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले पुुरिएर कालिगण्डकी गाउँपालिका ४ विर्घास्थित गौतमटोलमा एक जनाको ज्यान गएको छ । पहिरोमा परी बाबुराम दमैका अन्दाजी १७ वर्षीय छोरा विष्णु परियारको ज्यान गएको बताइएको छ ।
प्रकाशित समय ०९:०२ बजे

















