गृहपृष्ठ विश्वभर दुई करोड ३६ लाखभन्दा बढी कोरोना संक्रमित डिस्चार्ज

विश्वभर दुई करोड ३६ लाखभन्दा बढी कोरोना संक्रमित डिस्चार्ज

विश्वभर दुई करोड ३६ लाख ७९ हजार ९६२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म संक्रमित हुनेको संख्या ३ करोड २० लाख ९७ हजार १६७ पुगेको छ । वितेका २४ घण्टामा थप ३ लाख १५ हजार ७१७ जनामा संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अहिलेसम्म ९ लाख ८१ हजार ९६७ जनाले ज्यान गुमाएका छन् । गएको २४ घण्टामा मात्रै ६ हजार ३३३ जनाले ज्यान गुमाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ७४ लाख ३३ हजार ७३६ रहेको छ । सबैभन्दा बढी कोरोना भाइरस फैलिएको अमेरिकामा गएको २४ घण्टामा एक हजार १२२ ले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या दुई लाख ६ हजार ५९३ पुगेको छ । अमेरिकामा हालसम्म ७१ लाख ३९ हजार ५५३ संक्रमित छन् ।

बढी कोरोना फैलिएको दोस्रो मुलुक भारतमा संक्रमितको संख्या ५७ लाख ३२ हजार नाघेको छ । त्यस्तै अहिलेसम्म ९१ हजार १७३ जना संक्रमितले ज्यान गुमाएका छन् । ब्राजिलमा ४६ लाख २७ हजार ७८० संक्रमित छन् भने एक लाख ३९ हजार ६५ को मृत्यु भएको छ ।

प्रकाशित समय ११:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु