गृहपृष्ठ डलर साट्ने भन्दै पाँच लाख रुपैयाँ ठगी

डलर साट्ने भन्दै पाँच लाख रुपैयाँ ठगी

डलर साटने भन्दै काठमाडौं धापासी बस्ने गोरखा मसेल गाउँपालिका- ९ घर भएका ३० वर्षीय सुदर्शन थापाको साथबाट ५ लाख रुपैयाँ बिहीबार दिउँसो ठगी भएको छ ।

सुजन नाम बताउने पुरूष समेत ३ जनाले डलर साट्ने भनी थापालाई सूर्यबिनायक नगरपालिका- २, बालकोटस्थित रोज भिलेजमा बोलाई उनको साथमा रहेको नगद ठगी भएको हो । ठगीमा संलग्नहरू कालो निलो बुट्टे रुमालभित्र खैरो प्लाष्टिकमा सेतो कागजको टुक्राको पोको दिई हाल नम्बर नखुलेको मोटरसाइकलमा फरार भएको बताइएको छ ।

फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित समय १७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु