गृहपृष्ठ सडक छेउमै फोहोर फाल्दा मध्यपहाडी लोकमार्ग दुर्गन्धित

सडक छेउमै फोहोर फाल्दा मध्यपहाडी लोकमार्ग दुर्गन्धित

biratnagar_fohor5_newskarobar

मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको मोदी गाउँपालिकाको डिमुवा बजार र पातीचौर बजारबाट निस्केको फोहोर सडकको आसपासमानै बिसर्जन गर्दा मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडक दुर्गन्धित बन्न थालेको छ ।

मोदी गाउँपालिकाको डिमुवा र पातीचौर बजारबाट दैनिक निस्किने फोहोरले राजमार्गमा दुर्गन्ध फैलिएको हो । गाउँपालिकाले फोहोर व्यवस्थापनको उचित विकल्प नखोज्दा एकातिर लोकमार्ग भत्किने खतरा बढेको छ भने अर्कोतिर फोहर सिधै ऊर्जा नदीको रुपमा परिचित मोदी खोलामा फालिदाँ नदीमा प्रदूषणसमेत बढेको छ ।

पालिकाको केन्द्र रहेको पातीचौर बजारदेखि झण्डै ५०० मिटरको दूरीमा रहेको डिमुवा बजारभन्दा केही पर फोहोर फालिँदै आएको छ । दुवै बजारको सबै फोहोर सडक छेउमा फालिंँदा दुर्गन्धले स्थानीय, सवारी चालक र यात्रामा निस्कने यात्री बढी समस्यामा पर्ने गरेका छन् । बर्खाको समयमा दुर्गन्ध नआए पनि अब गर्मीको समयमा फोहोरको दु्र्गन्ध फैलिएर समस्या पर्ने गरेको स्थानीय ठक्कर शर्माले बताए । राजमार्गमा फोहोर नफाल्न सम्बन्धित निकायलाई धेरै आग्रह गरे पनि कतैबाट सुनुवाइ नभएको उनको भनाइ छ ।

राजमार्ग नजिकै फोहोर फाल्दा बसभित्रै नाक थुनेर यात्रा गर्नुपर्ने बाध्यता आएको यात्री गोपाल शर्माले बताए । पैदल हिँड्दा त नाक थुनेर पनि वारपार गर्न कठिन हुन्छ । गर्मीयाम बढेसँगै आसपासका बस्तीमा चौबीसै घण्टा दुर्गन्धले बस्नै नसकिने स्थानीयवासीको गुनासो रहेको छ ।

बजारबाट निस्केको फोहरले डिमुवा–नयाँपुलङखण्डको डिमुवा बजार क्षेत्रको भाग पहिरोको जोखिममा छ । गाउँपालिका अहिले पनि व्यवस्थित स्थानको खोजीमा रहेको र अब छिट्टै उपयुक्त स्थानमा बजारको फोहोर व्यवस्थापन गरिने मोदी गाउँपालिकाका प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिए । उनले फोहोर फाल्ने उचित ठाउँ पाउने बित्तिकै निर्माणका लागि काम सुरु गरिने बताए ।

पर्वत आउँदा अनिवार्य दुई हप्ता होम क्वारेन्टिनमा बस्नुपर्ने

समुदायस्तरमा कोरोना संक्रमणको सामान्य प्रभाव मात्रै परेको पर्वतमा थप संक्रमण फैलन नदिन विदेश र संक्रमण फैलिएको जिल्लाबाट आउनेलाई अनिवार्यरुपमा दुई हप्ता होम क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरिएको छ ।

कुस्मा नगरपालिकाका जनप्रतिनिधिसहित सुरक्षा निकाय र सरोकारवालाको शुक्रबार जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले संक्रमण घरघरमा र समुदायमा पुग्नबाट रोक्नका लागि दुई हप्ता अनिवार्यरुपमा क्वारेन्टिनमा राख्ने निर्णय गरेको हो । सरकारले सार्वजनिक यातयात खुल्ला गरेपछि भारत, तेस्रो देश तथा संक्रमण समुदायमा फैलिएका जिल्लाबाट पनि ठूलो संख्यामा जिल्लामा भित्रिएपछि उनीहरुबाट समुदायमा संक्रमण पुग्न नदिन स्थानीय तहको नेतृत्वमा अनिवार्य होम क्वारेन्टिनमा राख्ने निर्णय भएको छ ।

कुस्माको बजार क्षेत्रमा एक साताको बीचमा ठूलो सङ्ख्यामा मानिस भित्रिए पनि उनीहरु होम क्वारेन्टिनमा नबस्ने र पेशा व्यवसायसमेत सुरु गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार कुस्मा नगरपालिकाका ४, ५, ६ र ७ नम्बर वडाका अध्यक्षसहितका जनप्रतिनिधिसँग छलफल गरेको थियो ।

वडाका जनप्रतिनिधिले टोल समिति र लायन्स, रोटरी, जेसिज, आमा समूह तथा युवा क्लबको सहयोग लिएर असोज १ गते पछि विदेश र अन्य जिल्लाबाट आएकाको विवरण संक्रलन गर्ने र उनीहरुलाई अनिवार्यरुपमा परिवारसँग समेत सम्पर्क नगरी होम क्वारेन्टिनमा बस्न लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए । कुस्मा नगरपालिकाका बजार क्षेत्रबाहेकका पनि सबै वडा र जिल्लाका सातवटै पालिकामा बाहिरबाट आउनेलाई अनिवार्यरुपमा होम क्वारेन्टाइनमा राख्न र अनुगमन गरिराख्न अनुरोध गर्ने गरिने प्रजिअ रेग्मीले बताए ।

पर्वत जिल्लामा अहिलेसम्म जम्मा १२१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा अधिकांश क्वारेन्टिनमा बसेका व्यक्ति छन् । थोरै संंक्रमित स्वास्थ्यकर्मी, स्थानीयवासीमा संक्रमण देखिए पनि कन्टयाक्ट टे«सिङका क्रममा थप संक्रमण फैलिएको भेटिएको थिएन । पर्वत जिल्लामा कोरोनाविरुद्धको अभियानमा लागू भएको ‘पुलिङ क्वारेन्टिन’ को अवधारणा कोरोना समुदायमा फैलन नदिनका लागि सबैभन्दा प्रभावकारी सावित भएको थियो । सबै पालिकामा समुदायस्तरमा गरिएका नमूना परीक्षणमा एक दुई वटा घटनाबाहेक समुदायका व्यक्तिमा सङ्क्रमण देखिएको थिएन ।

भारत वा तेस्रो मुलुकबाट आउनेलाई नाकाबाटै सोझै कुस्माबजारमा रहेका पुलिङ क्वारेन्टिनमा राखिन्थ्यो । एक हप्तापछि पीसीआर परीक्षण गरेपछि रिपोर्ट नेगेटिभ आएपछि पनि सम्बन्धित पालिकाका क्वारेन्टिनमा दुई हप्ता राखेर घर पठाइन्थ्यो ।

पोजेटिभ रिर्पोट आउने आइसोलेसनमा बस्थे भने नेगेटिभ आउने पनि पालिका र वडाका क्वारेन्टिनमा बसेर गएपछि समुदायमा कोरोना पुग्न पाएको थिएन । अब भने होम क्वारेन्टिनमा बसेकामा कोरोनाको लक्षण देखिएमा मात्रै पीसीआर परीक्षण गरिने भएको छ । (रासस)

प्रकाशित समय ०९:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु