गृहपृष्ठ विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख नजिक, ६५ हजारको अवस्था चिन्ताजनक

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख नजिक, ६५ हजारको अवस्था चिन्ताजनक

तीन करोड ३० लाख व्यक्तिमा पुग्यो कोरोना भाइरस, दुई करोड ४४ लाख संक्रमित डिस्चार्ज

फाइल तस्बिर ।

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख नजिक पुगेको छ । गएको २४ घण्टामा मात्रै करिब साढे पाँच हजार संक्रमितको ज्यान गएपछि मृतकको संख्या ९ लाख ९८ हजार ७२१ पुगेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म तीन करोड ३० लाखभन्दा बढी व्यक्तिमा भाइरस संक्रमण भएको छ । गएको २४ घण्टामा मात्रै तीन लाख संक्रमित थपिएका थिए । अहिलेसम्म दुई करोड ४४ लाखभन्दा बढी संक्रमितको सफल उपचार भएको छ भने ७६ लाख ५० हजारको उपचार भइरहेको छ । उपचाररतमध्ये पनि ६५ हजार ३०४ जना संक्रमितको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा कोरोना संक्रमितको संख्या ७२ लाख ८७ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै अमेरिकामा ४३ हजार २०६ जना संक्रमित थपिएका थिए भने ७३७ जनाको ज्यान गएको थियो । योसँगै अमेरिकामा अहिलेसम्म ज्यान गुमाउनेको संख्या दुई लाख ९ हजार १७७ पुगेको छ । त्यस्तै ४५ लाख २४ हजार संक्रमितको सफल उपचार भएको छ भने २२ लाख ५४ हजार संक्रमितको उपचार भइरहेको छ ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार सबैभन्दा दोस्रो ठूलो संक्रमण फैलिएको देशको रुपमा भारत देखिएको छ । भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६० लाख नजिक पुगेको छ । गएको २४ घण्टामा मात्रै भारतमा ८९ हजार संक्रमित थपिएका थिए । योसँगै कुल संक्रमितको संख्या ५९ लाख ९० हजार पुगेको छ ।

भारतीय स्वास्थ्य विभागका अनुसार अहिलेसम्म भारतमा ९४ हजार ५३४ जनाको ज्यान गएको छ । शनिबार मात्रै भारतमा एक हजार १२४ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ४९ लाख ३८ हजार संक्रमित डिस्चार्ज भएका छन् भने ९ लाख ५७ हजार संक्रमितको उपचार भइरहेको छ ।

ब्राजिलमा कुल संक्रमितको संख्या ४७ लाख १८ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै ब्राजिलमा २५ हजार संक्रमित थपिएका थिए । त्यस्तै अहिलेसम्म एक लाख ४१ हजार ४४१ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् भने ४० लाख ५० हजारको सफल उपचार भएको छ । बाँकीको उपचार भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रकाशित समय ०९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु