गृहपृष्ठ ओली-प्रचण्ड छलफल : मन्त्रिमण्डल पुनर्गठनको मापदण्डमा जुटेन सहमति
ओली-प्रचण्ड छलफल : मन्त्रिमण्डल पुनर्गठनको मापदण्डमा जुटेन सहमति
मन्त्रिपरिषद् पुनर्गठनका मापदण्डका विषयमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज पनि सहमति जुटेन । अध्यक्षद्वयबीच मापदण्डमा कुरा नमिलेपछि पुनर्गठनमा ढिलाइ भइरहेको बताइएकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भएकाे भेटवार्ता मन्त्रिमण्डल पुनर्गठनमा केन्द्रित थियो । तर, मापदण्डमा अझै पनि सहमति जुट्न नसकेको बताइएकाे छ । स्रोतका अनुसार भोलि पुन: एकपटक छलफल गरेर मापदण्ड टुंगो लगाउने अध्यक्षद्वयको तयारी छ ।
आज पनि दुवै अध्यक्षले आआफ्नो तर्क राख्नेबाहेक कुनै पनि विषयमा सहमति नभएको स्रोतको दावी छ । स्रोतका अनुसार आज पनि आआफ्ना कुरा राख्नेबाहेक काम थप अरू केही हुन सकेन ।
प्रधानमन्त्री ओलीले अहिलेका मन्त्रीहरुलाई नहटाएर केही मन्त्री थप्ने योजना ल्याएका छन् भने प्रचण्डले सबैलाई एकपटक फिर्ता बोलाएर आवश्यकलाई दोहोर्याउनु पर्नेमा जोड दिएका छन् ।
प्रकाशित समय १३:४५ बजे

















