गृहपृष्ठ सुर्खेतमा नेपाल समाजशास्त्रीय संघको तदर्थ समिति गठन

सुर्खेतमा नेपाल समाजशास्त्रीय संघको तदर्थ समिति गठन

कर्णाली प्रदेशमा समाजशास्त्रीहरुको छाता संस्था नेपाल समाजशास्त्रीय संघको तदर्थ समिति गठन भएको छ ।

संघका केन्द्रीय सचिव एवं कर्णाली प्रदेश इन्चार्ज नरेन्द्र आरसीको उपस्थिति र मानबिकी र सामाजिकशास्त्र केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख तेजबिक्रम बस्नेतको प्रमुख आतिथ्यतामा मंगलबार वीरेन्द्रनगरमा सम्पन्न भेलाले समितिको संयोजकमा मध्यपश्चिमान्चल विश्वविद्यालय समाजशास्त्र विभागका प्रमुख वेदप्रकाश ढकाललाई छनोट गरेको छ ।

सात सदस्यीय तदर्थ समितिका सदस्यहरुमा ओमप्रकाश थापा, सूर्यनाथ योगी, सीता वली, नीरा भट्टराई, टेकबहादुर शाही र हरि हादुर सिंह रहेका छन् ।

प्रकाशित समय ०७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु