गृहपृष्ठ सप्तरीमा बालिका बलात्कारको अभियोगमा पक्राउ

सप्तरीमा बालिका बलात्कारको अभियोगमा पक्राउ

प्रहरीले ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सप्तकोशी नगरपालिका–१ का २२ वर्षीय शंकर साहलाई पक्राउ गरेको छ । पीडित बालिकाकी माइजुले दिएको उजुरीका आधारमा दासलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बालिकालाई बलात्कार गरेको मौखिक उजुरीपछि प्रहरी चौकी फत्तेपुरले आरोपितलाई पक्राउ गरी कारवाहीका लागि इलाका प्रहरी कार्यालय कञ्चनरुपको जिम्मा लगाएको हो । पीडित बालिकाको आइतबार गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

प्रकाशित समय ०७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु