गृहपृष्ठ रुपन्देही र बाँकेमा डुबेर तीनको मृत्यु

रुपन्देही र बाँकेमा डुबेर तीनको मृत्यु

dubera-newskarobar सांकेतिक तस्बिर ।

रुपन्देही र बाँकेमा पानीमा डुबेर तीन जनाको ज्यान गएको छ । रुपन्देहीमा खोलामा पौडी खेल्न गएका युवा बेपत्ता भई खोजीगर्दा मृत फेला परेका हुन् भने बाँकेमा पोखरीमा पौडी खेल्दा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुपन्देहीको रोहिणी खोलामा नुहाउने क्रममा बिहीबारदेखि बेपत्ता भएका एक युवक आज मृतावस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तिलोत्तमा नगरपालिका १२ जुटपानीस्थित रोहिणी खोलामा बिहीबार साथीसँगै नुहाउन गएका १७ वर्षीय राजन पश्चिममा थारु खोलामा डुबेर बेपत्ता भएका थिए । बेपत्ता थारू प्रहरी र स्थानीयले खोजी गर्ने क्रममा आज बिहान मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यसैगरी बाँकेको राप्ती सोनारी गाउँपालिका ६ फत्तेपुरस्थित तालमा पौडी खेल्ने क्रममा नेपालगन्जका दुई किशोरको शुक्रबार मृत्यु भएको छ । ६ जना साथीहरुको समूह बनाएर फत्तेपुर पुगेका उनीहरु झरना हेरिसकेपछि नजिकको तालमा पौडी खेल्ने क्रममा डुबेका उनीहरुलाई उद्धार गरेर उपचारका लागि नेपालगन्ज ल्याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुवास खड्काले जानकारी दिए । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका ९ बाँकेगाउँका १६ वर्षीय शिवशंकर शुक्ला र १४ वर्षीय विनोद वर्मा छन् ।

प्रकाशित समय २०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु