गृहपृष्ठ हराएका र फेला परेका सवारीसाधनको अभिलेख अब सप्टवेयरमा

हराएका र फेला परेका सवारीसाधनको अभिलेख अब सप्टवेयरमा

ट्राफिक प्रहरी महाशाखाको संयुक्त मेसभवन उद्घाटन

हराएको, चोरी भएको वा फेला परेको सवारी साधनको अभिलेख व्यवस्थापनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सप्टवेयरको सुरूवात गरेको छ ।

महाशाखाको प्रहरी अधिकृत तथा जवान संयुक्त मेस भवनको पनि उद्घाटन भएको छ ।महानगरीय प्रहरी कार्यालय प्रमुख डीआइजी विश्वराज पोखरेलले मेसभवनको आइतबार उद्‍घाटन गरेका हुन् ।

डीआइजी पोखरेलले विशेष परिस्थितिमा पनि उच्च जोखिममा रहेर अहोरात्र सडकमा खटिरहेका ट्राफिक प्रहरीको प्रशंसा गरेका छन् । साथै आगामी दिनमा पनि यसरी नै आफ्नो जिम्मेवारीलाई बहन गर्न उनले आग्रह गरे ।

 

ट्राफिक प्रहरी नेपाल सरकारको ‘आइकन’ भएकाले आफ्नो कमीकमजोरी र गलत व्यवहारहरू परिवर्तन गरी कसैको अगाडि शिर नझुकाई निष्पक्ष भइ काम गरेर असल राष्ट्रसेवक बन्न डीआइजी पोखरेलले निर्देशन दिए । सुधारिएको मेस भवनबाट गुणस्तरीय खाना उपलब्ध हुदाँ २४सै घण्टा खटिने ट्राफिक प्रहरीको मनोबल थप उच्च हुने र जनतालाई दिने सेवा प्रवाहमा अझ बढी स्तरीयता र प्रभावकारिता हुने उनको विश्वास छ ।

महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले प्राप्त नीति निर्देशनलाई अक्षरश: पालना गर्ने बताए । उनले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप चुस्तदुरुस्त बनाउन दत्तचित्त भएर लाग्ने प्रतिबद्दता व्यक्त गरे । उक्त भवन १३ लाख ५१ हजार रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको महाशाखाले जनाएको छ ।

प्रकाशित समय १६:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु