गृहपृष्ठ ‘विवाह गर्दिनँ’ भनेपछि किशोरीको दाइलाई पेस्तोल ताकेको अभियोगमा पक्राउ

‘विवाह गर्दिनँ’ भनेपछि किशोरीको दाइलाई पेस्तोल ताकेको अभियोगमा पक्राउ

लुम्बिनी सांस्कृतिक नगरपालिका- ९ बस्ने २१ वर्षीय राजकुमार हरिजन र मायादेवी- ४ बस्ने ३९ वर्षीय सदानन्द सहानीलाई १ थान कटुवा पेस्तोलसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रेम सम्बन्धमा रहेकी १७ वर्षीया किशोरीले ‘विवाह गर्दिनँ’ भनेपछि राजकुमारले किशोरीको दाइलाई पेस्तोल ताकेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले राजकुमारलाई उनकै घरबाट पक्राउ गरेको हो ।

खोजी गर्ने क्रममा सदानन्दको पसलभित्र लुकाई राखेको अवस्थामा उक्त पेस्तोल फेला पारी सदानन्दलाई समेत पक्राउ गरेको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित समय १८:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु