गृहपृष्ठ कर्णालीमा थप ७९ जनामा कोरोना संक्रमण

कर्णालीमा थप ७९ जनामा कोरोना संक्रमण

कर्णालीमा थप ७९ जनामा कोरोनाभाइरस (कोभिड– १९) को संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

सुर्खेतमा स्वाब संकलन गरिएकामध्ये ७५ जना, रुकुमपश्चिममा गरिएको स्वाब संकलनमध्ये २ जना र सल्यानमा गरिएको स्वाब संकलनमध्ये २ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।

मंगलबार कोरोना पुष्टि हुनेहरुमा सुर्खेत जिल्लाका ५२, दैलेखका ५, कालिकोटका ४, रुकुमपश्चिमका ४, सल्यानका ३, जाजरकोटका ३, जुम्लाका १, हुम्लाका १ र अन्य प्रदेशका ६ जना रहेको महाशाखाका प्रमुख बृषबहादुर शाहीले जानकारी दिए । योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या तीन हजार ९६८ पुगेको छ । गत २४ घण्टामा ३९ जना कोरोना संक्रमणमुक्त भएपछि प्रदेशभर कोरोनामुक्त हुनेहरुको संख्या तीन हजार १८५ पुगेको हो ।

प्रदेशका जिल्लाहरुमा कोरोनाका सक्रिय संक्रमित ७५१ पुगेका छन् । सबैभन्दा बढी सुर्खेत जिल्लामा ५८५, दैलेखमा ३०, जाजरकोटमा २, सल्यानमा ३१, रुकुमपश्चिमा १०, जुम्लामा ३६, कालिकोटमा २४, हुम्लामा ३ र मुगुमा ३० जना कोरोना संक्रमितहरु आइसोलेसनमा बस्दै आएका हुन् । प्रदेशभर कोरोनाका कारण हालसम्म १० जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित समय ०७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु