गृहपृष्ठ ४५ वर्षीया महिलालाई बोक्सीको आरोपमा कुटपिट गर्ने युवक पक्राउ

४५ वर्षीया महिलालाई बोक्सीको आरोपमा कुटपिट गर्ने युवक पक्राउ

सिरहाको नवराजपुर गाउँपालिका ५ बस्ने ४५ वर्षीया मूर्तिदेवी यादवलाई बोक्सी आरोपमा भदौ २७ गते राति मरणासन्न हुने गरि कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २० वर्षीय सन्तोषकुमार यादवलाई पक्राउ गरेको छ ।

असोज २२ गते प्रदेश २ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले नेपाल–भारत सीमा क्षेत्रनजिक सिरहाको ठाडी नजिकबाट गिरफ्तार गरेको हो । पीडित महिलाका श्रीमान् रामनारायण यादवले कृष्ण यादव, धर्मनाथ यादव र सन्तोष यादवसमेत ८ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

किटानी जाहेरीपछि प्रहरीले बोक्सी कसुरअन्तर्गत मुद्दा दायर गरेको थियो । बोक्सीको आरोपमा कुटपिट गरेको घटनामा फरार रहेका प्रतिवादीहरु खोजतलास गर्ने क्रममा सन्तोष पक्राउ परेका हुन् ।

प्रकाशित समय ०७:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु