गृहपृष्ठ सरकार र डा. केसीबीच मध्यराति ८ बुँदे सहमति, आज अनसन तोड्ने
सरकार र डा. केसीबीच मध्यराति ८ बुँदे सहमति, आज अनसन तोड्ने
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने
सरकार र डा. गोविन्द केसीबीच शनिबार मध्यराति ८ बुँदे सहमति भएको छ । २८ दिनदेखि आमरण अनसनरत डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् ।
सहमतिपत्रमा हस्ताक्षरपछि डा. केसीले आइतबार अनसन तोड्ने वार्ता टोलीले जनाएको छ । सरकार र डा. केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्नेलगायतका मागहरुमा सहमति भएको टोलीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।
त्यस्तै विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निस्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति भएको छ ।
यस्ता छन् सहमति भएका बुँदाहरु

प्रकाशित समय ०७:१५ बजे

















