गृहपृष्ठ कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ जना पुग्यो

कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ जना पुग्यो

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या एघार पुगेको छ । आइतबार कालिकोट जिल्लाकी ६५ वर्षीय एकजना महिलाको मृत्यु भएसँगै कर्णाली प्रदेशमा कोरोनाबाट मुत्यु हुनेको संख्या ११ पुगेको हो ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशका अनुसार महावै गाउँपालिका ४ कालीकोटकी ६५ वर्षीय महिलालाई ज्वरो र स्वास फेर्न गाहृो भएपछि असोज २१ गते कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको थियो । अस्पतालमा भर्ना हुन आएपछि स्वाब संकलन गर्दा असोज २२ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

योसँगै कोरोनाबाट ज्यान गुमाउनेहरुमा सुर्खेतका ४, दैलेखका ४, डोल्पाका १ र बाँकेका १ जना रहेका महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

प्रकाशित समय १९:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु