गृहपृष्ठ विश्वभर १० लाख ८१ हजार संक्रमितको मृत्यु, दुई करोड ८३ लाख डिस्चार्ज

विश्वभर १० लाख ८१ हजार संक्रमितको मृत्यु, दुई करोड ८३ लाख डिस्चार्ज

तीन करोड ७७ लाख ४६ हजार व्यक्तिमा पुग्यो कोरोना, ६८ हजार संक्रमितको अवस्था चिन्ताजनक

फाइल तस्बिर ।

विश्वभर कोरोना भाइरसका कारण १० लाख ८१ हजारभन्दा बढी संक्रमितको ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै करिब ४ हजारको ज्यान गएपछि मृत्यु हुनेको संख्या १० लाख ८१ हजार ४३५ पुगेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म विश्वभर तीन करोड ७७ लाखभन्दा बढी व्यक्तिमा भाइरस संक्रमण देखिएको छ । आइतबार मात्रै दुई लाख ८७ हजार व्यक्तिमा भाइरस संक्रमण देखिएपछि कुल संक्रमितको संख्या तीन करोड ७७ लाख ४६ हजार ५१ पुगेको छ ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार गत जनवरी २२ देखि संक्रमण सुरु भएयता दुई करोड ८३ लाख ४७ हजार ३३० जना संक्रमित डिस्चार्ज भएका छन् भने सक्रिय संक्रमितको संख्या ८३ लाख १७ हजार पुगेको छ । त्यस्तै ६८ हजार संक्रमितको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा ८० लाखको हाराहारीमा संक्रमण देखिएको छ । गएको २४ घण्टामा मात्रै ४१ हजार ९३५ जनामा संक्रमण देखिएपछि संक्रमितको कुल संख्या ७९ लाख ९१ हजार ९९८ पुगेको हो । त्यस्तै दुई लाख १९ हजार ६९५ जनाले भाइरसका कारण ज्यान गुमाएका छन् ।

अहिलेसम्म अमेरिकामा ५१ लाख २८ हजार संक्रमित डिस्चार्ज भएका छन् भने २६ लाख ४४ हजारको उपचार भइरहेको छ । दोस्रो बढी संक्रमित देश भारतमा कोरोना संक्रमितको संख्या ७१ लाख १९ हजारभन्दा बढी पुगेको छ । गएको २४ घण्टामा मात्रै ६७ हजार ७५७ जनामा संक्रमित थपिएका हुन् ।

भारतमा कोरोना संक्रमण फैलिएयता अहिलेसम्म एक लाख ९ हजारभन्दा बढीको ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै ८१३ जनाको ज्यान गएसँगै मृत्यु हुनेको संख्या एक लाख ९ हजार १८४ पुगेको हो । त्यस्तै ६१ लाख ४६ हजार संक्रमित डिस्चार्ज भएका छन् भने आठ लाख ६३ हजार संक्रमितको उपचार भइरहेको छ ।

प्रकाशित समय ०९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु