गृहपृष्ठ देशभर कोरोनाबाट ६९.४ प्रतिशत संक्रमित डिस्चार्ज

देशभर कोरोनाबाट ६९.४ प्रतिशत संक्रमित डिस्चार्ज

संक्रमणमुक्त भएकाहरू अस्पतालबाट बिदा हुँदै ।

नेपालमा कोरोना भाइरसको संक्रमणदर बढेसँगै निको हुनेको संख्यामा पनि वृद्धि भइरहेको छ । वितेको २४ घण्टामा मात्रै ३ हजार ५६४ जना डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा हालसम्म कोरोनाबाट ८४ हजार ५१८ डिस्र्चाज भएका छन् । यो कुल संक्रमितको ६९.४ प्रतिशत हो । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौत्तमले जानकारी दिए । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।

हिजो बुधबार देशभर कोरोनाबाट २ हजार १७४ जना डिस्चार्ज भएका छन् । २७ गते देशभर डिस्चार्ज हुनेको संख्या १ हजार ५०३ जना छ । त्यस्तै २६ गते १ हजार ४७३, २५ गते १ हजार ५५२, २४ गते १ हजार २२९ र २३ गते १ हजार ६६० रहेका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ जना रहेको छ भने ६९४ जनाको मृत्यु भइसकेको छ । मन्त्रालयका अनुसार बिहीबार २४ घण्टामा मात्रै थप १९ जनाले ज्यान गुमाएका छन् ।

 

प्रकाशित समय १४:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु