गृहपृष्ठ उपसभामुखको दसैँ पेश्की सामाजिक सेवामा

उपसभामुखको दसैँ पेश्की सामाजिक सेवामा

कर्णाली प्रदेश सभाकी उपसभामुख पुष्पा घर्तीले दसैँ खर्च वापतको रुकम समाज सेवामा खर्च गरेकी छन् । सरकारले दिएको दसैँ पेस्कीवापतको ५० हजार रुपैयाँ उनले सामाजिक सेवामा खर्च गरेकी हुन् । सोमबार घर्ती मानवसेवा आश्रम, प्रशान्ति वृद्धाश्रम र २ जना बिरामीलाई वितरण गरेकी हुन् ।

विष्टले पाएको दसैँ भत्ता वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेश मानव सेवा आश्रमलाई १५ हजार, प्रशान्ति वृद्धाश्रमलाई १५ हजार रुपैयाँ नगद हस्तान्तरण गरेकी हुन् । यस्तै काठमाडौंमा डायलाइसिसको उपचार गराइरहेका कालिकोटको रुप्साका पूर्वजनमुक्ति सेना नरेन्द्र बोहोरा (अभियान) र नेपाल पत्रकार महासंघका पूर्वसचिव जाजरकोटका प्रभात चलाउनेलाई १०÷१० हजार रुपैयाँ वितरण गरेकी हुन् ।

सरकारले उपलब्ध गराएको चाडपर्व बापतको भत्ता मानव सेवाको भावनाअनुसार हस्तान्तरण गरिएको उपसभामुख घर्तीले बताइन् । दसैँजस्ता चाडमा बेसाहारामा रहेका नागरिकलाई केही राहत होस् भने यस्तो कार्यको थालनी गरेको उपसभामुख घर्तीको भनाई छ । उनले कोरोना भाइरस संक्रमणका समयमा सरकारले प्रदान गरेको पेस्की बेसाहाराहरुका लागि खर्च गरेको उनले बताइन् ।

प्रकाशित समय १७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु