गृहपृष्ठ पेस्तोल र गोली बरामद
पेस्तोल र गोली बरामद
फाइल तस्बिर ।
तनहुँको बन्दीपुर गाउँपालिका- ६, ज्यामिरेस्वाराबाट २ थान चाइनिज पेस्तोल, १ थान जंगी राउन्ड, १ तान ड्यामे राउन्ड, सोही पेस्तोलको २ थान म्याग्जिन, जंगली जनावरको जस्तो देखिने २ थान सिङ र ५ थान छाला सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय भानु मुकाम, ईलाका प्रहरी कार्यालय सारङघाट र प्रहरी चौकी डुम्रेबाट खटिएको प्रहरीले वीरेन्द्र गुरुङसमेत बस्दै आएको सोही ठाउँस्थित ४० वर्षीय अशोक गुरुङको घर तलासी गर्दा उक्त हतियारलगायत अन्य सामान फेला पारी बरामद गरेको हो ।
उक्त घटनामा संलग्न हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित समय १३:२१ बजे

















