गृहपृष्ठ अपहरणमा परेकी बालिकाको सकुशल उद्धार, तीन पक्राउ

अपहरणमा परेकी बालिकाको सकुशल उद्धार, तीन पक्राउ

ललितपुरबाट अपहरणमा परेकी ८ वर्षीया  बालिकाको सकुशल उद्धार गरिएको छ । सोमबार प्रहरीको टोलीले अपहरणमा परेकी बारा सिम्रौनगढ स्थायी घर भएर ललितपुरको मनकामना चोकस्थित बस्ने गुड्डी साहकी ८ वर्षीया छोरी अनुखा साहको सकुशल उद्धार गरिएको हो ।

घरभन्दा बाहिर खेलिरहेको अवस्थामा साइकल चढी आएका व्यक्तिले अपहरण गरेको भन्दै मौखिक उजुरी आएपछि प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माको कमाण्डमा खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका २९ हरिसिद्दीस्थित सीता परियारको कोठामा बन्धक बनाई राखेको अवस्थामा फेला पारेको थियो ।

अपहरण गरी शरीर बन्धक गरी राख्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका ८ बासटोल घर भई ललितपुर महानगरपालिका २९ हरिसिद्दी बस्ने ३० वर्षीय राजु कार्की, काभ्रे नमोबुद्ध नगरपालिका ८ बुझाकोट घर भई सोही ठाउँ (हरिसिद्दी) बस्ने २३ वर्षीया सीता परियार र धनुषा धारापानी गाउँपालिका २ घर भई हरिसिद्दी बस्ने ४० वर्षीय कृष्ण तोलामीलाइ नियन्त्रणमा लिएको हो ।

प्रकाउ परेका उनीहरूबाट फोनिक्स लेखिएको एक थान हरियो रंगको साइकल पनि बरामद गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित समय १५:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु