गृहपृष्ठ थप ३०९३ जनामा कोरोना संक्रमण
थप ३०९३ जनामा कोरोना संक्रमण
गएको २४ घण्टामा थप तीन हजार ९३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ३९ हजार १२९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ । गएको २४ घण्टामा मात्रै दुई हजार १०८ जनाले कोरोना जितेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको ज्यान गएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७६५ पुगेको छ ।
प्रकाशित समय १६:४४ बजे

















