गृहपृष्ठ अहिलेसम्मकै उच्च संक्रमण, एकै दिन थपिए ५७४३ जना संक्रमित
अहिलेसम्मकै उच्च संक्रमण, एकै दिन थपिए ५७४३ जना संक्रमित
बुधबार अहिलेसम्मकै सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । गएको २४ घण्टामा मात्रै ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कोरोना संक्रमित हनेको संख्या एक लाख ४४ हजार ५७२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ११८ जनाको पीसीआर परीक्षण गरेकोमा ५ हजार ७४३ जनामा संक्रमण देखिएको हो । त्यस्तै आज देशभर दुई हजार ९९६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौत्तमले बताए । योसँगै देशभर कोरोनामुक्त भइ घर फर्किनेहरुको संख्या ९९ हजार ६०५ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ रहेको छ । जसमध्ये ४ हजार ६५ जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घण्टामा थप २६ जनाको कोरोनाबाट ज्यान गएको छ । अहिलेसम्म कोरोनाबाट ७९१ जनाले ज्यान गुमाइसकेका छन् ।
प्रकाशित समय १६:४३ बजे

















