गृहपृष्ठ थप ३६३७ जनामा कोरोना संक्रमण

थप ३६३७ जनामा कोरोना संक्रमण

गएको २४ घण्टामा मात्रै तीन हजार ६३७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या एक लाख ४८ हजार ५०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार संक्रमित डिस्चार्ज हुनेको संख्या पनि बढेको छ । गएको २४ घण्टामा मात्रै तीन हजार २१५ जनाले भाइरस जितेका छन् ।

योसँगै कोरोनाबाट डिस्चार्ज हुनेको संख्या एक लाख दुई हजार ८२० पुगेको छ । त्यस्तै ८१२ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार मात्रै २१ जनाले ज्यान गुमाएका हुन् ।

प्रकाशित समय १६:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु