गृहपृष्ठ आज विश्व सहर दिवस मनाइँदै
आज विश्व सहर दिवस मनाइँदै
समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र सहर’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व शहर दिवस २०२० मनाइँदै छ । शहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएको छ ।
यस वर्ष कोभिड–१९ का कारण विश्व सहर दिवसको मूल समारोह प्रत्यक्षरुपमा आयोजना गर्न नसकिए पनि भर्चुअल माध्यमबाट सम्पन्न गरिँदै छ । यस अवसरमा शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज सबैमा शुभकामना दिँदै विकासको मुख्य आधार योजनाबद्ध शहरीकरण भएकामा जोड दिएका छन् ।
प्रकाशित समय ०७:४५ बजे

















