गृहपृष्ठ कब्रिस्तानमै शव व्यवस्थापन गर्ने सहमति

कब्रिस्तानमै शव व्यवस्थापन गर्ने सहमति

धनगढीका मुस्लिम समुदायलाई कब्रिस्तानमै शव व्यवस्थापन गर्न दिने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा मुस्लिम अगुवा र स्थानीय सरोकारवाला छलफलपछि कब्रिस्तानमै शव व्यवस्थापन गर्न दिने सहमति भएको छ ।

धनगढी उपमहानगरपालिका १ स्थित नेपाली नूरी जामा मस्जितका कार्यवाहक अध्यक्ष महोमद यामिनले प्रशासनमा भएको छलफलले शवको व्यवस्थापन सोही कब्रिस्तानमै गर्न दिने सहमतिले शव व्यवस्थापनको तयारीमा लागेको जानकारी दिए । धनगढी उपमहानगरपालिकाको १ नं वडा कार्यालयले कब्रिस्तान नै सील गरिएपछि २ दिनदेखि एक जना मृतकको शवको व्यवस्थापन हुन सकेको थिएन ।

शुक्रबार बिहान दुबै मिर्गौला फेल भएर धनगढी उपमहानगरपालिका १ का ५० वर्षीय मोहमद जमसेदको मृत्यु भएको थियो । तर, शव व्यवस्थापन गर्न नदिइएपछि घरमै शव राखेर मृतकका परिवार तथा आफन्तजन शुक्रबार विहानदेखि शनिबार दिउँसोसम्म जिल्ला प्रशासन कार्यालय धाउन बाध्य भएका थिए ।

प्रकाशित समय १५:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु