गृहपृष्ठ अरिंगालको टोकाइबाट डोटीमा एक महिलाको मृत्यु

अरिंगालको टोकाइबाट डोटीमा एक महिलाको मृत्यु

अरिंगालको टोकाइबाट डोटीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको आदर्श गाउँपालिका–१ बाँझककानीको बाहुनटाक टोलका अन्दाजी ७५ वर्षीया कटी लुहार रहेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वनमा गोठाला गएका बेलामा रुखमा गोलो बनाइ बसेको अरिंगालले आइतबार साँझ उनलाई टोकेको थियो । अरिंगालको टोकाइबाट घाइते भएकी ती महिलालाई मौवानगरदह स्वास्थ्यचौकीमा उपचारपछि आइतबार राति नै घरमा लगिएको थियो ।

घरमा लगिएकी महिलाको आज बिहान करिब २ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय मौवानगरदहले जानकारी दिएको छ । तीन दिनको अवधिमा जिल्लामा अरिंगालको टोकाइबाट तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । केही दिन पहिले मात्रै जिल्लाको सायल गाउँपालिकाका एकै घरका दुई बालिकाको अरिंगालको टोकाइबाट मृत्यु भएको थियो । (रासस)

प्रकाशित समय १७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु