गृहपृष्ठ भारतीय जंगलमा नेपाली महिलाको शव फेला
भारतीय जंगलमा नेपाली महिलाको शव फेला
कञ्चनपुरको पुनर्बास नगरपालिकानजिक भारतको दूधुवा नेशनल पार्कको रानीवनमा एक नेपाली महिलाको शव फेला परेको छ । मृतकसित भेटिएको कागजातका आधारमा उनी ५५ वर्षीया नुरदेवी कठायत हुन् ।
महिलाको परिवारसँग सम्पर्क हुन नसकेको इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीका प्रमुख इन्स्पेक्टर कैलाश विष्टले जानकारी दिए । उनका अनुसार शवसँगै भारतीय प्रहरीले भेटेको कागजातअनुसार मृतक साविक गाविस- ३ की महिला रहेका हुन् । शव भारतको पलियामा राखिएको र भारतीय प्रहरीसित थप समन्वय भइरहेको प्रहरीले जनाएको छ । (रासस)
प्रकाशित समय १२:४९ बजे

















