गृहपृष्ठ अर्थमन्त्री पौडेल र भारतीय राजदूत क्वात्राबीच द्विपक्षीय सहयोगबारे छलफल
अर्थमन्त्री पौडेल र भारतीय राजदूत क्वात्राबीच द्विपक्षीय सहयोगबारे छलफल
अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राबीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ । भेटमा अर्थमन्त्री पौडेलले नेपालको विकासका लागि भारत सरकारबाट निरन्तर प्राप्त सहयोगको लागि धन्यवाद दिए ।
अर्थमन्त्री पौडेल र राजदूत क्वात्राबीच द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानी, कोभिड- १९ को महामारी नियन्त्रण लगायतका विषयमा छलफलसमेत भएकाे थियाे । अर्थमन्त्रीले भूकम्प पश्चातको पुनर्निर्माणका लागि भारत सरकारले गरेको सहयोगको लागि धन्यवाद दिए । साथै, कोभिड- १९ विरुद्ध नेपाल सरकारले चालेका कदमको जानकारी गराउँदै यसविरुद्ध सहकार्यको आवश्यकता रहेको बताए ।
राजदूत क्वात्राले अर्थमन्त्री पौडेललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले नेपाल र भारतबीच धेरै पुरानो सम्बन्ध भएको उल्लेख गर्दै भारत सरकारले नेपालसँग सहकार्य गर्दै आगामी दिनमा सहयोगलाई निरन्तरता दिने बताए ।
प्रकाशित समय १८:२१ बजे

















