गृहपृष्ठ कोरोना संक्रमणबाट पूर्वसभामुख महराकी पत्नी सीता महराको निधन

कोरोना संक्रमणबाट पूर्वसभामुख महराकी पत्नी सीता महराको निधन

पूर्वसभामुख कृष्णबहादुर महराकी धर्मपत्नी सीता महराको कोरोना संक्रमणबाट निधन भएको छ । उपचारकै क्रममा सीताको आज बिहान नर्भिक अस्पताल काठमाडौंमा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार दसैँमा पुख्र्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि कार्तिक १३ गते दाङको गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो ।

नर्भिक हस्पिटलमा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै आज बिहाननिधन भएको अस्पतालले पुष्टि गरेको छ ।

प्रकाशित समय ०८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु