गृहपृष्ठ दसैं अवधिमा जुवातास खेल्ने ३०६ जना पक्राउ

दसैं अवधिमा जुवातास खेल्ने ३०६ जना पक्राउ

दसैंको अवधिमा जुवातास खेल्ने ३ सय ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उपत्यकासहित सातै प्रदेशबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले सबैभन्दा बढी लुम्बिनी प्रदेशबाट जुवातासमा संलग्नलाई पक्राउ गरेको छ । लुम्बिनीबाट ७७ जना जुवा खेल्नेहरु पक्राउ परेको प्रहरीले जनाएको छ । त्यस्तै सुदूरपश्चिमबाट ७४, प्रदेश १ बाट ४३, उपत्यकाबाट ५१, गण्डकी र कर्णालीबाट २३÷२३ र बागमतीबाट १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

चाडपर्वको अवधिमा जुवातास खेल्ने तथा अपराधिक क्रियाकलापमा मानिसहरु बढी संलग्न हुने गरेको प्रहरी प्रवक्ता कुबेर कडायतले बताए । उनका अनुसार कोरोना भाइरसका कारण अघिल्ला वर्षहरुमा भन्दा यो वर्षको दसैंमा जुवातास खेल्ने क्रियाकलापमा संलग्न भइ पक्राउ पर्नेको संख्या घटेको छ ।

प्रकाशित समय १२:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु