गृहपृष्ठ आइस्पानको अध्यक्षमा सुधीर पराजुली निर्विरोध

आइस्पानको अध्यक्षमा सुधीर पराजुली निर्विरोध

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)को अध्यक्षमा सुधीर पराजुली निर्विरोध चयन भएका छन् । इन्टरनेट सेवा प्रदायकको छाता संगठनका रुपमा रहेको संघको आगामी दुईवर्षे कार्यकालका लागि सबै पदाधिकारी निर्विरोध निर्चाचित भएका हुन् ।

संघका उपाध्यक्षमा क्लासिक टेकका प्रमेश खरेल, महासचिवमा एरो नेटका नवीन श्रेष्ठ, सचिवमा टेकमाइन्ड्सका कमल बाँस्तोला र कोषाध्यक्षमा इस्ट लिंकका पुष्कर बडाल चयन भएका छन् ।

यसैगरी संघका वरिष्ठ सल्लाहकारमा वर्ल्डलिंकका विजय जलान, भायनेटका विनय बोहरा , सुविसुका विनयमोहन साउद तथा सदस्यमा ब्रोडलिंकका विनोद तिमिल्सेना र वेबसर्फरका सुरेन क्षेत्री चयन भएको संघले जनाएको छ ।

बुधबार भर्जुअल बैठक गरी नौ जनाको नयाँ कार्यसमिति चयन गरिएको थियो । उक्त बैठकमा संघका निवर्तमान अध्यक्ष एवं नेटम्याक्सका अध्यक्ष भोजराज भट्टले नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गरेका थिए ।

प्रकाशित समय १५:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु