गृहपृष्ठ चितुवाको आक्रमणबाट १३ वर्षीय बालकको मृत्यु
चितुवाको आक्रमणबाट १३ वर्षीय बालकको मृत्यु
डडेल्धुरामा चितुवाले आक्रमण गर्दा एक बालकको ज्यान गएको छ । भागेश्वर गाउँपालिका- १, रुपालमा चितुवाले आक्रमण गर्दा बालकको ज्यान गएको हो ।
स्थानीयवासी कृष्ण साउदका अन्दाजी १२ –१३ वर्षीय छोरा दिलबहादुरको आइतबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । बालक आफ्नै काकाको घरआँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको थियो । यसअघि करीब २० वर्ष पहिले अमरगढी नगरपालिका- ७ मा एक पाँच वर्षीय बालकलाई चितुवाले खाएको थियो । (रासस)
प्रकाशित समय १४:४२ बजे

















