गृहपृष्ठ नेपाली शान्ति सैनिकले सम्भावित जातीय हिंसाबाट जोगाए
नेपाली शान्ति सैनिकले सम्भावित जातीय हिंसाबाट जोगाए
शान्ति स्थापनार्थ दक्षिण सुडान इलाकामा खटिएका तैनाथ सैनिकले त्यहाँका स्थानीय बासिन्दाहरुलाई सम्भावित ठूलो जातीय हिंसाबाट जोगाएका छन् । कालिध्वज गणअन्तर्गतको टेम्पोररी अपरेटिङ बेसबाट बुधबार खटिएका सैनिकले स्थानीयलाई हिंसाबाट जोगाएका हुन् ।
गण हेडक्वाटर तैनाथ रहेको स्थान रुम्बेकबाट करिब ७० किलोमिटर उत्तर-पश्चिम अवस्थित क्युवेट इलाकानजिक रहेको क्याटल क्याम्पमा चोरी गर्न आएको भनिएको नगर जातिको एक व्यक्तिको मृत्यु भएको घटनाले नगर तथा आयल जातिका मानिसहरुका बीच हिंसाको रुप लिएको थियो ।
हिंसा भड्किन सक्ने खबर प्राप्त हुनेबित्तिकै टेम्पोरी अप्रेटिङ बेसबाट सह-सेनानी विज्ञान विष्टको कमाण्डमा सेमुको नफ्रीमा ‘क्वीक रियाक्सन फोर्स’ सो इलाकातर्फ परिचालन भई दुई पक्षबीच झडप हुनबाट जोगाएको थियो । उक्त इलाकाको झडप सामान्य भएपछि युएन मिसनको अन्य कम्पोनेन्टहरुबाट त्यहाँस्थित विभिन्न जातीय समुदायबीच शान्ति कायम गराउने कार्य सुरु भएको थियो ।
जातीय द्वन्द्वका कारण नरसंहारबाट गुज्रिएको उक्त मुलुकमा घटना दोहिरिनबाट जोगाउन नेपाली शान्ति सैनिकहरुले पुर्याएको योगदानलाई संयुक्त राष्ट्र संघले प्रशंसा गरेको छ ।
प्रकाशित समय १७:१५ बजे

















