गृहपृष्ठ सानिमा बैंकबाट ‘‘कर्पारेट पे’ प्रणालीको थालनी

सानिमा बैंकबाट ‘‘कर्पारेट पे’ प्रणालीको थालनी

sanima-bank-newskarobar

सानिमा बैंक लिमिटेडले आफ्ना व्यवसायिक ग्राहकहरुका लागि बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी पहिलो पटक ‘कर्पारेट पे’  प्रणाली मार्फत  सुरु गरेको छ ।

‘कर्पारेट पे’  सोलुशन नेपाल क्लियरिङ हाउसद्धारा प्रवद्र्धित बैंकिङ कारोबार गर्ने विद्युतीय माध्यम हो । बैंकले आफ्ना व्यवसायिक ग्राहकहरुलाई प्रदान गरेको उक्त डिजिटल भुक्तानी प्रणाली मार्फत कर्मचारीलाई तलब भुक्तानी, तेस्रो पक्षलाई भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यवसायिक भुक्तानीहरु बैंक खाताबाट सजिलै गर्न सक्नेछन् । उक्त प्रणाली मार्फत कनेक्ट आईपीएस अथवा एनसीएचएल- आईपीएस मा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी गर्न सक्नेछन् ।

‘‘कर्पारेट पे’ मा आबद्ध हुनका लागि व्यवसायिक ग्राहकले आवश्यक प्रकृया पूरा गरी आफैले तोकेको कारोबार सीमा भित्र कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्दछन् । यस प्रणालीमा मल्टी लेयर अथेन्टिक एक्सन को सुरक्षित व्यवस्था गरिएको छ । कुनै पनि कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारीक प्रयोगकर्ताहरुले मात्र प्रयोग गर्न पाउने छन् ।

डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्दै आएको सानिमा बैंकले यस प्रणालीको थालनीलाई एक महत्वपूर्ण कदमको रुपमा समेत लिएको छ ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संञ्चालनमा रहेका छन् ।

 

 

 

प्रकाशित समय ११:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु