गृहपृष्ठ चार हजार रूपैयाँ तिरेर बैंगलोरको टिकट काटेका १३० यात्रु पलियामा अलपत्र

चार हजार रूपैयाँ तिरेर बैंगलोरको टिकट काटेका १३० यात्रु पलियामा अलपत्र

बैंगलोर जानका लागि पाँच सय यात्रुले काटेका थिए टिकट, ट्राभल एजेन्सीका ३० जना प्रहरीको नियन्त्रणमा

रोजगारीका लागि भारत गएका नेपालीहरु भारतको पलियाबाट पुनः नेपाल फर्केका छन् । धनगढी बसपार्कस्थित न्यू अछाम नेसनल गेष्ट हाउसमा सम्पर्क कार्यालय रहेको बर्दादेवी टूर एण्ड ट्राभल्स प्रा.लि.बाट टिकट लिएर भारत गएका उनीहरूलाई पलियामै अलपत्र छाडिएपछि मंगलबार बिहान १ बजे १३० जना यात्रु धनगढी फर्केका हुन् ।

गएराति पलियाबाट फर्काइएका डेढ सय बढी यात्रु धनगढीमा अलपत्र छन् । पलियासँगै अन्य सहरमा पुगेका यात्रुहरु अहिले पनि नेपाल फर्किरहेका छन् । उनीहरुले न्याय माग्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरीसमेत दिएका छन् ।

सोमबार साँझ धनगढीबाट डेढ सय बढी यात्रुलाई धनगढीस्थित बर्दादेवी टूर एण्ड ट्राभल्स प्रा.लिले करिब पाँच सय जनालाई टिकट काटेर भारत पठायो । भारतको बैंगलोरका लागि साढे ४ हजारसम्म भाडा लिएर उनीहरुलाई पठाइयो । तर, पलियालगायतका विभिन्न सहर पुगेका यात्रुहरुलाई त्यहाँबाट फेरि नेपाल फर्काइयो ।

सोमबार राति विभिन्न सीमावर्ती सहरमा पुगेकाहरुलाई स्वदेशनै फर्काइएपछि यात्रुहरु अलपत्र परेका हुन् । धनगढीको बसपार्कस्थित न्यू अछाम नेशनल गेष्ट हाउसमा सम्पर्क कार्यालय रहेको बर्दादेवी टूर एण्ड ट्राभल्स प्रा.लि.बाट टिकट काटेका उनीहरु अहिले ठगिएपछि न्याय माग्दै प्रहरीसम्म पुगेका छन् ।

डोटीको बडिकेदारका दिपेन्द्र बुढामगरले भने, ‘धनगढीको बसपार्कस्थित न्यू अछाम नेसनल गेष्ट हाउसमा सम्पर्क कार्यालय रहेको बर्दादेवी टूर एण्ड ट्राभल्स प्रा.लि.बाट बैंगलोर जान भनेर टिकट लिएका थियौं । अहिले पलियामा पुगाएर अलपत्र छाडियो ।’ भारत जाने भनेर हिँडेका आफूहरुलाई बीच बाटोमै अलपत्र छाड्ने ट्राभल्स एजेन्सीलाई कानुनी कारबाही गरिनुपर्ने उनले बताए ।

रोजगारीका लागि भारत जानेहरु मंगलबार बिहान १ बजेको समयमा पुनः धनगढी फर्किदा बर्दादेवी टूर एण्ड ट्राभल्स एजेन्सीको ठगीका कारण आफूहरुले दुःख पाएको अछामबाट भारत जान हिँडेका अमर कामीले बताए । उनले भने, ‘हामीलाई बैंगलोर पठाउँछौ भनेर धनगढीमा टिकट काटियो, पलियामा ल्याएर अलपत्र छाडियो ।’ उनले बर्दादेवीको ठगी धन्दाका कारण आफूहरुले दुःख पाएको बताउँदै भने, ‘बर्दादेवी टूर एण्ड ट्राभल्स प्रालिलाई ठगी अभियोगमा नेपाल सरकारले कानुनी दायरामा ल्याउनुपर्छ ।’

बैंगलोर पठाउँछौ भनेर धनगढीमा टिकट काटियो, पलियामा ल्याएर अलपत्र छाडिएको उनीहरुले गुनासो गरेका छन् । उनले बर्दादेवीको ठगी धन्दाका कारण आफूहरुले दुःख पाएको बताउँदै बर्दादेवी टूर एण्ड ट्राभल्स प्रालिलाई ठगी अभियोगमा नेपाल सरकारले कानुनी दायरामा ल्याउनुपर्ने माग राखेका छन् । कैलालीको झलारीका अर्जुन रावलले आफूहरुले क्षतिपुर्ति पाउनुपर्ने माग राखे ।

यसअघि पनि बर्दादेवी टूर एण्ड ट्राभल्स प्रा.लि.ले भारतको मुम्बई, बैंगलोर, रत्नागिरी, पुनालगायतका सहरका लागि भनेर पठाएका यात्रुहरु पलिया र पुनामा अलपत्र परेका थिए । मंसिर ७ गतेका दिन सोही ट्राभल्सले धनगढीबाट बैंलोरका लागि पठाइएका २३ जना यात्रुलाई भारतको पलियास्थित भीरामा अलपत्र छाडेको थियो ।

ट्राभल एजेन्सीका सञ्चालक र कर्मचारी गरी अहिले करिब ३० जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको छ । आवश्यक अनुसन्धानपछि कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ ।

प्रकाशित समय १९:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु