गृहपृष्ठ विश्वभर ६ करोड ५५ लाख व्यक्तिमा कोरोना, ४ करोड ५३ लाख जना संक्रमणमुक्त
विश्वभर ६ करोड ५५ लाख व्यक्तिमा कोरोना, ४ करोड ५३ लाख जना संक्रमणमुक्त
विश्वभर ६ करोड ५५ लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै शुक्रबार बिहानसम्म ६ करोड ५५ लाख ५५ लाख ३६ हजार ४० जनामा संक्रमण पुष्टि भएको वर्डाेमिटरले उल्लेख गरेको छ । बितेको २४ घण्टामा विश्वभर ६ लाख ७९ हजार १९४ जना संक्रमित थपिएका छन् ।
हालसम्म विश्वमा कोरोनाबाट १५ लाख ११ हजार ९१५ जनाको मृत्यु भएको छ । बितेका २४ घण्टामा मात्रै विश्वमा १२ हजार ६८३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ४ करोड ५३ लाख ७६ हजार ६०५ जना संक्रमणमुक्त भएका छन् । विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड ८६ लाख ४७ हजार रहेको छ । जसमध्ये अझै पनि १ लाख ६ हजार जनाको अवस्था गम्भीर रहेको छ ।
सबैभन्दा बढी कोरोनाभाइरस प्रभावित अमेरिकामा २ लाख ८२ हजार ८२९ जनाको मृत्यु भएको छ । त्यहाँ १ करोड ४५ लाख ३५ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने ८५ लाख ६१ निको भएका छन् ।
दोस्रो बढी प्रभावित देश भारतमा कोरोना संक्रमितको संख्या ९५ लाख ७१ हजार ७८० जना छ । भारतमा हालसम्म कोरोनाबाट १ लाख ३९ हजारले ज्यान गुमाएका छन् । त्यहाँ ९० लाख १६ हजार संक्रमणमुक्त भएका छन् ।
त्यस्तै ब्राजिलमा संक्रमितको संख्या ६४ लाख ८७ हजारभन्दा बढी रहेको छ । ब्राजिलमा हालसम्म १ लाख ७५ हजारले ज्यान गुमाइसकेका छन् । नेपालमा पनि पछिल्ला दिनहरुमा कोरोनाभाइरस फैलिँदै गइरहेको छ । शुक्रबार बिहानसम्म नेपालमा कोरोनाबाट १ हजार ५५१ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ भने २ लाख २० हजार २७२ जना निको भइसकेका छन् ।
प्रकाशित समय ११:३१ बजे

















