गृहपृष्ठ नक्कली सवारी चालक अनुमति पत्रसहित एक युवक पक्राउ
नक्कली सवारी चालक अनुमति पत्रसहित एक युवक पक्राउ
महानगरीय ट्राफिक प्रहरी महाशाखाको पिडित सहायता इकाईबाट विशेष सुचनाको आधारमा खटिएको सादा पोशाकका ट्राफिक प्रहरी टोलीले नक्कली सवारी चालक अनुमति पत्र सहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला सिन्धुपाल्चोक सांगाचोकगडी नगरपालिका वडा नं. १२ घर भई हाल भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं. ७ बस्ने बर्ष २८ को आशिष गिरीलाई प्रहरीले पक्राउ गरेका हुन् । उनी मंसिर २३ गते मंगलबार मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ ठिमिबाट पक्राउ परेका थिए ।
उनले प्रयोग गर्दै आएको बा १५ च ४६८४ नं. को हुण्डाई कम्पनिको I20 कार तथा किर्ते गरी बनाईएका ३८ थान नक्कली सवारी चालक अनुमती पत्र र विभिन्न बैंकका चेक समेत बरामद गरी थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा पठाईएको छ ।
प्रकाशित समय ११:३६ बजे

















