गृहपृष्ठ टेलिकम कार्यालयमा तालाबन्दी

टेलिकम कार्यालयमा तालाबन्दी

गुणस्तरीय सेवा नदिएको जनाउँदै नेपाल टेलिकमको कार्यालय तालाबन्दी गरिएको छ । महिनौं दिनसम्म ध्यानाकर्षण गराउँदा पनि टेलिकमले लापरवाही गरेको भनी युवाहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् ।

हुम्ला जिल्लाका युवा संघ र नागरिक समाज मिलेर तालाबन्दी गरेको संघका अध्यक्ष सुवास रोकायाले जानकारी दिए । हुम्लामा महिनौँ दिन सेवाग्राही सुविधाबाट वञ्चित हुँदा पनि बेवास्ता गरेकाले कार्यालय तालाबन्दी गर्न बाध्य भएको रोकायाले बताए । टेलिकमले क्षमताभन्दा बढी सिम दिएपछि समस्या आएको सेवाग्राहीले गुनासो गरेका छन् । टेलिकम हुम्लाका प्रमुख शिवप्रसाद भट्टराईले आफ्नो सेवा सकभर गुणस्तरीय भएको जिकिर गरेका छन् । (रासस)

प्रकाशित समय १६:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु